यू-२३ एसियन कप छनोट : नेपालले आज ताजिकिस्तानको सामना गर्दै



काठमाडौं : एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानको सामना गर्दैछ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुने छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले ताजिकिस्तानको सामना गर्न लागेको हो। घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुने छ । किनकि नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरिसकेको छ ।

छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्