टी–२० विश्वकप : नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हरायो



काठमाडौँ : टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा नामिबियाले पहिलो जित दर्ता गरेको छ। नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो। पहिलो चरणमा आयरल्यान्ड र नेदरल्यान्ड्सलाई जित्दै सुपर–१२ मा प्रवेश गर्न सफल नामिबियाले यसको पहिलो खेलमा स्कटल्यान्डलाई हराएको हो।

स्कटल्यान्डले दिएको १०९ रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ११५ रन बनायो। नामिबियाका जेजे स्मिथले ३२, कार्गिल विलियम्सले २३ र भान लेन्गेले १८ रन बनाए। बलिङतर्फ स्कटल्यान्डका मिचेल लेक्सले २ तथा बार्ड वेल, साफयन सारिफ, क्रिस ग्रेभास र मार्क वाटले १/१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २ं० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको थियो।

स्कटल्यान्डका मिहेल लेकाले ४४, माथे क्रोसले १९ र क्रिस ग्राभेसले २५ रनको योगदान गरे। सुपर–१२ मा पहिलो जितसँगै नामिबियाको अंक २ भएको छ। नामिबियासँग पराजित स्कटल्यान्डको भने यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्