प्रचण्डले नुवाकोटमा पोष्टबहादुर बोगटीको शालीक अनावरण गर्ने



नुवाकोट । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नुवाकोट आउने कार्यक्रम तय भएको छ । उनी आफ्ना समकक्षी नेता तथा पूर्वमन्त्री स्व. पोष्टबहादुर बोगटीको शालीक अनावरण गर्न नुवाकोटको पिपलटार आउने कार्यक्रम तय भएको हो ।
प्रचण्ड विदुर नगरपालिका ५ पिपलटारमा निर्माण गरिएको स्व. बोगटीको पूर्ण कदको शालीक अनावरण गर्न फागुन १४ गते शनिबार आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र नुवाकोटले जनाएको छ ।
नुवाकोटको पिपलटारको खुल्ला स्थानमा पार्क तयार गरेर स्व. बोगटीको पूर्ण कदको शालीक स्थापना गरिएको छ । सक्रिय राजनीतिमा रहेकै बेला बोगटीको गत २०७१ साल भदौमा असामयिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्