तुलसीपुरमा बाटोको लगत कट्टा सुरु



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा बाटोको लगत कट्टा सुरु गरिएको छ। जग्गाधनीबीचको सहमतिमा खोलिएका बाटालाई राज्यको स्वामित्वमा लिनकालागि लगत कट्टा प्रक्रिया सुरु गरिएको हो।

पहिलो चरणमा पक्की नाला र कालोपत्रे भएका करिव पचास वटा सडकको लगत कट्टा गरिने तुलसीपुर ६ का वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए। सहमतिका बाटा खोलेर पक्की नाला र कालोपत्रे बनिसक्दा समेत लगत कट्टा नुहँदा आइपर्ने समस्याको समाधानकालागि अभियानकै रुपमा लगतकट्ट अभियान थालिएको अध्यक्ष लामिछानेको भनाइ छ।

पहिलो चरणमा शहर केन्द्रीत ५ वटा वडाका सडकहरुको लगत कट्टा गर्न प्रकृया थालिएको उपमहानगरपालिकाका नापी अधिकृत प्रदीप ज्ञवालीले जानकारी दिए। मालपोत कार्यालय तुलसीपुर र नापी कार्यालयको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाको नापी शाखाले लगत कट्टा गर्न तथ्याङ्क संकलन थालेको छ।

स्थलगत अवलोकन गरी तथ्याङ्क संकलनको काम सम्पन्न भएका टोलहरुमा नापजाँच गर्ने काम सुरु भएको छ । नापी अधिकृत ज्ञवाली सहतिको टोलीले एक कार्यक्रमका बीच तुलसीपुर ६को राजापुरबाट नापजाँचको काम सुरु गरेको छ।

दक्षिण राजापुर टोल विकास संस्थाका अध्यक्ष नारायण कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नवराज लामिछानेले शहर केन्द्रीत वडामा लगत कट्टा गरिने बताए। कार्यक्रमका प्रमुख अतिथि लामिछानेले नक्सामा बाटो नदेखिँदा जनताले भोग्दै आएका विविध समस्याको निराकण गर्न लगत कट्टा गर्न लागिएको जानकारी दिए।

‘बाटाहरुका लगत कट्टा गर्‍यौं भने तपाईहरुले झेल्दै आएका धेरै समस्या समाधान हुनेछन्, योसंगै बाटाले काटेको जग्गाको मालपोत पनि तिर्न पर्ने छैन’ लामिछानेले भने। उपमहानगरले शहर केन्द्रीत ५, ६, ७, ८ र ९ नं.वडाका सडकहरुको लगत कट्टाकाागि प्रकृया थालेको छ। सदस्य दुजमान भण्डारीले वडाको पूर्वी भेगबाट अभियान सुरु भएको भन्दै क्रमस सबै गाउँटोलहरुका बाटाको लगत कट्टा गरिने जानकारी गराएका थिए।

लगत कट्टाका लागि जग्गाधनी बीच सहमती भए वडाले जुनसुकै सडकको पनि लगत कट्टा गर्न प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए।जग्गाधनी आफैले लगत कट्टा गर्ने प्रकृया झञ्जटिलो तथा खर्चिलो भएकाले उपमहानगरपालिकाले नै रावश्व ब्यहोर्ने गरी लगत कट्टा गर्न थालेको हो । राजापुर टोल विकास संस्थाका अध्यक्ष वासुदेव आचार्यले लगत कट्टा गर्ने उपमहानगरको योजनालाई आफूहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्