बहराइनमा ३ देखि ११ वर्षसम्मका बालबालिकालाई सिनोफार्म खोप लगाइने



एजेन्सी : बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् ।

बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्गलबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरुले बताएका छन् । बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने सिलसिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्