अधिवेशनको समिक्षा गर्न एमालेकाे स्थायी कमिटी बैठक बस्दै



काठमाडौँ : नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आज (बिहीबार) अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे समेत छलफल हुने सचिव तामाङले बताए ।

बैठकमा मुख्यगरी वडा तथा पालिका अधिवेशनको समीक्षा तथा राष्ट्रिय महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने एजेन्डा तय भएको तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्