सामाजिक संस्था समाजप्रति इमानदार हुनुपर्छ : राज्यमन्त्री झा



जनकपुरधाम : प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा समाजमा रहेका सामाजिक संस्थाले समाजप्रतिको उत्तर दायित्व इमानदारी साथ निर्वाह गर्नुपर्ने बताएका छन् । 

सोमबार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री झाले भनिनन् ‘धनुषामा थुप्रै सामाजिक संस्था दर्ता रहेको भएपनि संस्थाको उद्देश्य अनुरूपम कार्य गरेको छैन ।’ 

उनले मात्र पूजापाठ गर्न र चुनावमा राजनीति दलको सहयोग गर्ने काम सामाजिक संस्थाको न भएको जिकिर गर्दै समाजमा भएका कमी कमजोरीलाई सुधार गर्न र सकारात्मक कार्यालाई निरन्तरता दिन कार्य गर्नुपर्ने सुझाब दिएका छन् ।

मानाव विकास केन्द्र नामक सामाजिक संस्थाको पहिलो वार्षिकोत्सवमा राज्य मन्त्री झाले आउँने दिनमा राम्रो कार्य गर्ने संघ संस्थलाई प्रदेश सरकार र भौतिक पूर्वाधार मन्त्रालयले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

केन्द्रको प्रथम वर्षको अवसरमा आयोजित एक विशेष समारोहबीच मनरा शिसवा नगरपालिकाका मेयर सन्जय सिंहले मानव विकास केन्द्रको एक वर्षको कार्य सराहनीय र उत्तम रहेको टिप्पणी गरे । 

सिंहले केन्द्रको शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा एक वर्ष भित्र उदाहरणीय कार्य गरेको बताए । 

कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक कुन्दन कुमार झाले यस संस्थाले आफुलाई छोटो समयमा एक प्रतिष्ठित परामर्शदाता संस्थाको रुपमा स्थापित गरेको उल्लेख गरेका थिए। 

मानव विकास केन्द्रले स्थापना काल देखिनै प्रदेश भित्र रहेका संवेदनशील विषयवस्तुमा आफ्नो कार्य दक्षता देखाएको निष्कर्ष वक्ताहरुको रहेको थियो।

शिक्षा, स्वास्थ, कृषि, पूर्वाधार निर्माणको क्षेत्रमा परामर्श दिँदै आएको मानव विकास केन्द्रले यस वर्ष संस्थाको सामाजिक जिम्मेवारी स्वरुप ७० हजार लागत बराबरको धनुषा ट्राफिक कार्यालयलाई तिन थान ‘बेरिकेट’ उपलब्ध गराएको छ ।

संस्थाले आउने वर्षदेखि एक श्रमजीवि पत्रकारलाई श्री उमेश चन्द्र झा स्मृति पुरस्कार उपलब्ध गराउने घोषना समेत गरेको छ। उक्त पुरस्कारको राशी २५ हजार हुने जनाइएको छ ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झालगायत मनरा शिसवा नगरपालिकाका मेयर संजय सिंह, शहिदनगर नगरपालिकाका प्रमुख उदय कुमार बरबरिया, भंगहा नगरपालिकाको प्रमुख संजिव शाह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, असहाय संरक्षण मञ्चका वैद्यनाथ साह, राजपा प्रवक्ता कृष्णा सिंह लगायत जनकपुरधाम उप–महानगरपालिकाको विविध क्षेत्रका बौद्धिक वर्गको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्