१२ वर्षअघि हराएको कुकुर भेटिएपछि…….



एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा १२ वर्षअघि हराएको एउटा कुकुरको उसलाई सानो बेलामा पाल्ने व्यक्तिसँग पुनर्मिलन भएको छ। जोए नाम गरेकी पोथी कुकुरलाई स्टकटननजिक एउटा गाडीबाट छोडिएको अवस्थामा फेला पारिएको थियो । बूढो एवं बिरामी कुकुर भेटिएको सूचना एक व्यक्तिले प्रहरीलाई दिएका थिए ।

पशुसेवासम्बन्धी एक अधिकारीले उक्त कुकुरमा राखिएको माइक्रोचिप स्क्यान गर्दा त्यो सन् २०१० देखि हराइरहेको पत्ता लागेको थियो । यस्तो हुनसक्छ भनेर मलाई लागेकै थिएन, म एकदमै उत्साहित छू कुकुर पाल्ने मिशेलले भनिन् । सान जोआकिन काउन्टी शेरिफको कार्यालयका अनुसार सन् २०१५ मा माइक्रोचिप कम्पनीले उक्त कुकुर मरिसकेको सूचीमा राखेको थियो । जोएको माइक्रोचिप स्क्यान गरेका अधिकारी ब्र्यान्डन लेभिनले चिपकै सहायताबाट कुकुर पाल्ने व्यक्तिको सम्पर्क विवरण पत्ता लगाइएको बताए ।

उनको फोन नम्बर पनि पुरानै रहेको बताउँदै लेभिनले भनेः जोएकी मालिक पूरै आश्चर्यमा परिन् । सन् २०१० मा हराएको ठाउँदेखि ६० माइल टाढा जोएलाई फेला पारिएको हो । मिशेलले भनिन्, मैले जोए र उसकीकी जुम्ल्याहा बहिनीहरूलाई तिनीहरू छ महिनाको छँदा एउटा पोखरीबाट ल्याएकी थिएँ। करिब छ महिनादेखि उनीहरू हामीसँगै थिए । घरदेखि करिब २० मिनेटको दूरीमा रहेको एउटा किनमेल केन्द्रमा गएका थियौँ, फर्किँदा ऊ हराइसकेकी थिई।

जोएलाई घर फिर्ता ल्याउन पाइने तथा ऊ स्वस्थ हुने आशा व्यक्त गर्दै मिशेलले भनिन्, म उसलाई…बाँकी जीवन व्यतीत गर्न दिन पाइने कुराले उत्साहित छु। वीवीसी

प्रतिक्रिया दिनुहोस्