प्याराग्लाइडिङ एकुरेसी प्रतियोगिताको उपाधि दक्षिण कोरियालाई



स्याङजा : दक्षिण कोरियाले नेपालमा पहिलोपटक आयोजित विश्वकप प्याराग्लाइडिङ एकुरेसी प्रतियोगिताको उपाधि जितेको छ । नेपाल प्याराग्लाइडिङ संघको आयोजनामा भएको प्रतियोगितामा कोरियाले ३ स्वर्ण हात पार्‍यो ।

स्याङ्जाको स्वरेक मैदान र डौंवाफाँटमा सम्पन्न विश्वकपमा दक्षिण कोरियाले १२ अंक बटुलेको थियो । कोरियाले खुला, एकल तथा समूह चरणमा कब्जा जमाएको हो ।

कोरियाका स्याङज्यु लिमले ६ राउन्डमा १२ अंक बटुल्दै खुलातर्फ उपाधि जिते । १८औँ एसियन खेलकुद प्रतियोगितामा ऐतिहासिक रूपमा रजत जितेको नेपाली टोलीका सदस्य युकेस गुरुङ खुलातर्फ ३३ अंकका साथ आठौँ स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्