कांग्रेस र एमालेका नेता कार्यकर्ता माओवादी केन्द्रमा



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका २० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले देशभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको दाबी गरे ।

माओवादी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह, सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्टलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्