‘मार्ग परिवर्तन’ दस्तावेज दुई–तिहाइ बहुमतले पारितः मिश्र पक्ष



काठमाडौं । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुई–तिहाइ बहुमतले पारित गरेको बताएको छ ।
संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् ।
मिश्र पक्षले बिहीबार बोलाएको बैठकमा संयोजक मिलन पाण्डे पक्षका सदस्यहरुचाहिँ उपस्थित थिएनन् ।
पाण्डे पक्षले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्