प्रचण्ड र माधवको सहमतीले मात्रै एमसीसी टेबल भएको हो : मन्त्री झाँक्री



काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माओवादी र नेकपा एकीकृत समावजादीको सहमतीले संसदमा एमसीसी टेबुल भएको आसय व्यक्त गरेकी छन् ।

नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य समेत रहेकी झाँक्रीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सहमति नगरेको भए आइतबारको संसद बैठकमा एमसीसी टेबुल नै नहुने थियो भन्ने दाबी गरेकी छन् ।

एक टेलिभिजनसँगको अन्तवार्तामा झाँक्रीले यस्तो बताएकी हुन् । साथै झाँक्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसीमा दोहोरो चरित्र देखाएको टिप्पणी समेत गरेकी छन् । साथै एमालेको दोहोरो चरित्रको मारमा आफुहरु पर्दै आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्