संघीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारी



काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठले संघीय संसद्को अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्न लागेको हो ।
एक मन्त्रीका अनुसार प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गर्न लागिएको हो ।
‘आज बस्ने मन्त्रिपरिषद्को बैठकमा संघीय संसद्को अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने प्रस्ताव छ,’ ती मन्त्रीले भने ।
संसद्को चालू अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अधिवेशन अवधिभर अवरोध गरेको थियो ।
एमालेको अवरोधका बीच संघीय संसद्को चालू अधिवेशनले बजेट पारित गरेको थियो ।
बजेट पारित गर्नुका अलवा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन ।
एमालेले अध्यादेश ल्याएर पार्टी विभाजनको आरोप लगाउँदै संसदमा अवरोध गर्दै आएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकले अर्को बैठक कात्तिक २९ गतेका लागि तय गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक भने अनिश्चित थियो ।

प्रतिक्रिया दिनुहोस्