नेपालले कार्बन उत्र्सजन नियन्त्रण गर्न गरेको विषयलाई उठाउनुपर्ने



काठमाडौं । आगामी अक्टोबर ३१ मा हुने कोप २६ शिखर सम्मेलनमा नेपालले कार्बन उत्र्सजन नियन्त्रण गर्न गरेको प्रयासको विषयलाई उठाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

जलवायु परिवर्तनसँग जोडिएका विश्वव्यापी मुद्धाहरु बारे छलफल गर्न आगामी अक्टोबर ३१ मा बेलायतको ग्लासगोमा कोप २६ शिखर सम्मेलन हुँदैछ । सो शिखर सम्मेलनमा नेपालले कार्बन उत्र्सजनलाई न्यूनिकरण गर्नका लागि वन जंगललाई जोगाएर वातावरण संरक्षण गर्दै आएको विषय उठाउनुपर्ने सरोकारवालाले बताएका हुन् ।

बिहीवार परराष्ट्र मामिला अध्यययन प्रतिष्ठानले विज्ञहरुसँग राखेको छलफल कार्यक्रमा उपस्थित विज्ञहरुले सो सुझाव राखेका प्रतिष्ठानका सुचना अधिकृत सानुराजा पुरीले बताए । उनले भने– ‘हिमालका हिउँहरु पग्लिदैछ । नदीहरुको बहाव बढ्दैछ । यसले आगामी दिनमा नेपाल लगायत नेपालजस्ता अविकसित देशहरुलाई के असर पर्छ र मुल रुपमा नेपालले विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइड ग्याँसहरु छ, त्यो ग्याँसको मिनिमाइजका लागि नेपालले सामुदायिक वन कार्यक्रम अन्र्तगत वनजंगललाई जोगाएर लामो समयदेखि वातावरण संरक्षण गर्दै आएको छ । यी मुद्धाहरुपनि नेपालले उठाउनुपर्नेछ ।’

जलवायु परिवर्तनको असर नेपालमा प्रष्ट रुपले देखिन थालेको भन्दै ति मुद्धाहरु उठाएर समाधानको प्रयास गर्नुपर्ने विषयमा केन्द्रीत रहेर विज्ञहरुसँग छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्