साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।
विहीबार १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ ।
विहीबार जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो ।
विहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीले २९ करोड १९ लाख पाँच हजार तीन सय १६ रुपैयाँको कारोबार गरेको छ ।
विहीबार कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् ।
हाइड्रोपावर, माइक्रो फाइनान्स र अन्य समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ भने विकास बैंक, फाइनान्स, निर्जीवन बिमा समूह र लगानी समूहको सूचकमा सुधार आएर हरियो देखिएका छन् । यस्तै बाँकी सबै समूहको सूचक राताम्मे भएको छ ।
राता देखिएका सूचकहरूमा शून्यदेखि एक दशमलव १५ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ ।
विहीबार सर्वाधिक कमाउनेमा रिडि हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, विहीबार सबैभन्दा धेरै गुमाउने लगानीकर्तामा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्