ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 



दाङ। दाङको घोराही उपमहानगरपालिका–३ भानपुरचोकमा सोमबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरेपानीका १९ वर्षीय अर्जुन खड्का रहेका छन्।

खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्