युएईका राजदूतले भेटे परराष्ट्रमन्त्रीलाई



काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नक्वीले परराष्ट्रमन्त्री खड्कालाई बिहीबार भेटेका छन्।
परराष्ट्रमन्त्री नियुक्त भएकोमा खड्कालाई बधाई दिंदै राजूदत नक्वीले कार्यकाल सफलताको कामना गरेका थिए।
सो अवसरमा नेपाल र युएईबीचका साझा हितका विविध बिषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नवनियुक्त कन्ट्री रिप्रजेन्टेटिभ केन सिमुजुले परराष्ट्रमन्त्री खड्कासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

त्यसैगरी नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले पनि परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेकी छिन्।
राजदूत पोलिटसँगको भेटमा मन्त्री खड्काले बेलायतले नेपाललाई कोरोना महामारीविरुद्धको लडाइँमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए।
खड्काले नेपालले जलवायु परिवर्तनमा देखिएका चुनौती सामना गर्न अघि सारेका प्रतिबद्धता कार्यान्वयन गर्न तयार रहेको बताए।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल र बेलायतबीचको बहुआयामिक मित्रता र सहकार्यबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्