मातृभोजन र नेपाली पर्यटन प्रतिको मेरो विचार



काठमाडौं । हाम्रो देशमा पनि विविध जातजाती भाषा संस्कृति अनुसारका विविध परिकारहरु छन् ।
तर मातृभोजनको परिकार पर्यटनसँग प्रत्यक्ष जोड्न सकिएको छैन । सभ्यता, संस्कृति र मौलिकतासँग भोजनको सम्बन्ध हुन्छ ।
नेपालको विविधतामध्ये भोजनको परिकार पनि एक हो र ठाउँ परिवेश र समुदाय अनुसार भोजनका परिकारमा पनि विविधता छ ।
पर्यटन मन्त्रालय होटल, रेष्टुरेन्ट एवं अन्य पर्यटन सित सम्बन्धित व्यावसायिक सकुशल संचालन गर्न कोभिड प्रतिरोधात्मक निर्देशनहरू ल्याएका छन् ।

अबको पर्यटन सेवामुलक मात्र नभई सुरक्षामुलक पनी हुनुपर्छ । संक्रमणकालको यो अप्ठेरो घडीमा एकतर्फ मानव बचाउनु छ भने अर्को तर्फ देशको अर्थतन्त्र पनी जोगाउनु छ । भ्रमण बर्ष २०२० सफल पार्न धेरै युवा उद्यमीहरूले देशको कुनाकाप्चाहरूमा आफ्ना सम्पुर्ण सम्पत्ति होटल र पर्यटन क्षेत्रमा लगानी गरे । अब उनीहरूको भविष्य डामाडोल छ, सरकारले के गर्दैछ !!! यो समस्या पनि गम्भीर छ ।

अहिले युरोपियन मुलुकबाट पर्यटक नआएपनी चीन र भारतबाट आउनसक्छ । लकडाउनले विक्षप्त बनाएको अवस्थामा हामी सबैजना प्रकृतिको काखमा बसेर खुल्ला हावामा सास फेर्न चाहन्छौ । तसर्थ आन्तरिक पर्यटनको मजबुत जग बसाल्ने उपयुक्त समय यही हो । अहिले धेरै नेपाली विदेशमा अलपत्र छन् । उनीहरूको सुरक्षित चभउबतचष्बतष्यल को लागी पनी होटल चाहिन्छ । यो राज्यको मात्र हैन, हाम्रो पनी कर्तव्य हो ।

साथै पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाली मातृभोजनबारे खोज अध्ययन गर्दा हिमाल तराई र पहाडमा गरि नेपालमा थुप्रै प्रकारका भोजनहरु छन् । नेपाली भएर पनि आफ्नै भोजनलाई प्रचार गर्न नसक्दा म स्वयम् भान्से आफैपनि सन्तुष्ट छैन । ‘हामी अरुको भोजनको बारेमा घोटेर पढ्छौं, पकाउँछौ तर आफ्नै भोजनको बारेमा किन वास्त गर्दैनौं ?

राजधानीमा विभिन्न जातजाति पुर्व मेची देखि पश्चिम महाकाली सम्मका भोजन पाइने भए पनि त्यसमा मौलिकता छैन । जातीय विविधतासँगै भोजनमा पनि विविधता रहेको छ । तर पछिल्लो समय धेरैले आफ्नो भाषा, संस्कार र संस्कृति छाड्दै गएको र त्यसको प्रभाव भोजनमा पनि परेको देख्दा दुख लाग्छ ।

मौलिक नेपाली भोजनहरु वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण रहेको छ । पहिलो त्यो गाउँमा ठाउँ समाजमा बसेर पनि पुर्खाहरुले सिजन अनुसारका भोजनहरु ग्रहण गर्थे जस्तैः जाडो मौसममा शरिरलाई न्यानो हुने भोजन र गर्मी याममा शरिरलाई चिसो राख्ने भोजन तर अहिले १२ महिना नै १२ सिजनाका भोजन खान्छन् यसले शरिरलाई स्वस्थ् राख्दैन, यी खाना मात्र जिब्रोको स्वादका लागि मात्र हुन् ।

हामीले सुन्दै आएका ८४ व्यञ्जन नेपाली भोजन विश्वकै सबैभन्दा ठूलो कोर्स हो तर हामी दालभात तरकारी र भातदाल तरकारीमा मात्र सिमित छौ यही नेपालीको असली पहिचान बनेको छ । ‘हाम्रा मौलिक भोजनलाई हामी आफैंले चाँसो दिएनौँ पहिलो कुरा, दोस्रो भोजनको रेसिपी बनाउन सकेका छैनौँ ।’

नेपाली सेफहरुले नेपाली खानाको विषयलाई लिएर त्यति रुचि जगाउनु भएको देखिदैन बरु वैदेशिक खानालाई प्राथमिकता दिएर आफुहरुलाई उच्च स्थानमा रहेको महसुस गर्नुभएको पाएको छु । त्यसैले नेपाली भोजनलाई नेपाल भन्दा बाहिर चिनाउन सकेको छैन, दुःखको कुरा यो छ कि पुर्व मेचीको नेपालीले पश्चिम–महाकालीमा के भोजन खान्छ त्यो सम्म थाहा पाएका छन् ।

‘मानिसले भोजनमा विज्ञान र स्वास्थ्य दुवै खोज्छ र त्यो नेपाली भोजनमा छ,’ नेपाली खाना यी दुवैसँग एकदमै नजिक छ । भोलिका दिनमा नेपाली भोजन विश्वले खोज्ने छ त्यसैले हामी नेपाली सेफहरु मिलेर हरेक कुना कुनाबाट नेपाली भोजनको जगेर्ना गर्न जरुरी छ ।

सकारात्मक सोच, प्राकृतिक जिव जिवाणु प्रति प्रेम र ध्यान चिन्तनले, हामी भित्र खुसिहरु मात्र हैन पुरै जिवन परिवर्तन गरि दिन सक्छ ।

एकज्युगेटिभ सेफ सुरज खड्का
सिद्धार्थ होटल, बौद्ध काठमाडौ ।

प्रतिक्रिया दिनुहोस्