शाहरुख खानका छोरा आर्यन २६ दिनपछि रिहा



काठमाडौं । क्रुज लागुऔषध प्रकरणमा मुम्बईको आर्थर रोड जेलमा रहेका शाहरुख खान पुत्र आर्यन खान २६ दिनपछि रिहा भएका छन् ।
२ नोभेम्बरमा बाबु शाहरुखले जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिन अगाडि अदालतको आदेश शाहरुखका लागि अग्रिम उपहार भएको छ।
उनी अब आफ्ना छोरा आर्यनसहित जन्मदिन मनाउने छन्।
अदालतले आर्यनका अलावा मुनमुन धमीचा र अरबाज मर्चेन्टलाई पनि जमानत दिएको छ। तर अदालतबाट अहिलेलाई आदेशको प्रति आइनसकेकाले आर्यन शुक्रबार मात्रै रिहा हुनेछन्।
आर्यनलाई २ अक्टोबरमा हिरासतमा राखिएको थियो। उनलाई ७ अक्टोबरमा न्यायिक हिरासतमा लिइएको थियो।
८ अक्टोबरमा आर्यनलाई अदालतले जेल पठाइदिएको थियो। उनलाई बिहीबार उच्च अदालतले जमानत दिएको हो।
बिहीबार बम्बे उच्च अदालतमा सुनुवाइ भएको थियो। अपरान्ह पौने ५ बजे अदालतले यस मामिलामा फैसला दिएको हो।
आरोपितको जमानतको विरोध गर्दै एनसीबीका एडिशनल सलिसिटर जनरल अनिल सिंहले रिहा नगर्न भनेका थिए।
तर अदालतले तीनै आरोपीलाई जमान दिएको हो।

प्रतिक्रिया दिनुहोस्