टेलिफोन र इन्टरनेट कम्पनीलाई विद्युत् प्राधिकरणसँग सम्झौता गर्न दूरसञ्चारको निर्देशन



काठमाडौं । टेलिफोन र इन्टरनेट कम्पनीलाई विद्युत् प्राधिकरणसँग सम्झौता गरेर अघि बढ्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।
यही कात्तिक मसान्तसम्ममा विद्युतको पोल प्रयोगको सम्झौता गर्न निर्देशन दिएको हो।
दूरसञ्चारले भनेको छ, ‘नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन इन्टरनेट सेवा सञ्चालन गरिरहेको सेवाप्रदायकहरुले विद्युतका पोलहरु प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वयं घोषणा गरी कात्तिक मसान्तभित्र नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गर्न जानकारी गराइन्छ।’
सेवाप्रदायकहरूले बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगरेको विद्युत् प्राधिकरणले बताएको थियो।
सोपछि दूरसञ्चार प्राधिकरणले सम्झौता गर्न भनेको हो।
बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना जारी गर्दा सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्