जनताका समस्या जहाँको त्यहीँ छन्: पोखरेल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पोखरेलले संसदलाई सुचारु रुपमा चलाउन सभामुख र जनप्रतिनिधिको पहलको आवश्यक रहेको बताएका हुन् । उनले कोरोना, लिपुलेक र लिम्पियाधुराको समस्या, निर्वाचन र चाडबाडको बीचमा रहेकोले संसद सुचारु गर्न सबैको सहजता आवश्यक रहेको बताए ।

संसद पोखरेलले भने ‘कोरोना, निर्वाचन, चाडबाडको बेला छ, लिपुलेक, लिम्पियाधुरधाको समस्या त्यत्तिकै छ, एमालेले लगातार संसद अवरोध गरिरहेको छ, यसरी कसरी निकास मिल्छ ? जनताका समस्या जहाँको त्यहीँ छन् ।’

सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्