नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती



एजेन्सीः सन् १९८० देखि भारतीय सिनेमामा राज गर्दै आएका डिस्को डान्सर भनेर चिनिने मिथुन चक्रवर्ती चलचित्रमा आउनुपूर्व नक्सलाइट (हालको भारतीय माओवादी) का गुरिल्ला थिए ।

उनको एकमात्र भाइको करेन्ट लागेर मृत्यु भएपछि सरकारी दमन झेलिरहेका मिथुनले नक्सलाइट आन्दोलन छोडे । हिंसात्मक आन्दोलनमा संलग्न भएपनि बलिउड क्षेत्रमा सफलता हासिल गर्ने उनी सम्भवतः एक मात्र अभिनेता हुन् ।

कोलकाताको चर्चित स्कटिस चर्च कलेजबाट केमेस्ट्रीमा स्नातक गरेका मिथुनले सन् १९७६ मा बंगाली मूलका मृणाल सेनद्वारा निर्देशित चलचित्र मृगयाबाट फिल्मी दुनियाँमा पाइला टेकेका थिए । मिथुनले मृगयादेखि ओएमजीसम्मका प्रत्येक फिल्ममा आफ्नो एक छाप छोड्न सफल भएका छन् । बलिउड पुग्नुअघि मिथुनले पुणे फिल्म संस्थानबाट अभिनयको अध्ययन पनि गरेका थिए ।

अभिनय र नृत्यमा पोख्त मिथुन मार्सल आर्टस्का ब्ल्याकबेल्टधारी हुन् ।फिल्मी क्षेत्रमा निकै सफल रहेका मिथुनको व्यक्तिगत जीवन भने असफल रह्यो । सन् १९९० मा मोडल हेलेना ल्युकसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको निकै छोटो समयमा नै सम्बन्धबिच्छेद भयो ।

त्यसलगत्तै उनले भारतीय अभिनेत्री योगिता बालीसँग विवाह गरे । योगितासँग सम्बन्ध रहिरहेकै बेला सन् १९८० ताका उनले अर्की चर्चित नायिका श्रीदेवीसँग गुपचुप रुपमा विवाह गरेका थिए । उनका एक फ्यनले उनीहरुको विवाहको सर्टिफिकेट लिक गरिदिएपछि मिथुनले उनीसँगको सम्बन्ध स्विकार गरेका थिए ।

मिथुनले योगितासँग लामो समयसम्म पनि सम्बन्धविच्छेद नगरेका कारण श्रीदेवीले उनलाई छोडिन् । योगिता बालीबाट उनका तीन छोरा, मिमो, रिमो, नमासी र एक छोरी दिशानी छन् । उनकाे अभिनयसँगै राजनीतिमा पनि संलग्नता छ ।  

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने