‘सिरियल किलर’द्वारा ७ महिलाको हत्या गरी लाससँग सेक्स



बिजुलीको बिल चेक गर्ने बाहानामा एकल महिला भएको घरमा छिरेर एक 'सिरियल किलर'ले सात जना महिलाको हत्या गरेको छ । पश्चिम बंगाल प्रहरीले आइतबार कमरुजमान सरकारलाई पक्राउ गरेको हो ।

घरमा महिला एक्लै भएको समयमा छिरेर हत्या गर्ने र लाससँग सेक्स गर्ने गरेका थिए । त्यसपछि घरमा भएका बहुमूल्य सामान लिएर भाग्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

द इन्डियन एक्सप्रेसका अनुसार, उक्त 'सिरियल किलर' पेशाले कवाडी व्यापारी हुन् । उनका तीन सन्तान छन् । 

Image result for serial killer kamruzzaman

एक पीडित महिलाको अनुसार गत मार्च महिनाको दिउँसो उनी उक्त पीडित महिलाको घरमा छिरे । पति खेतमा काम गर्न गएका थिए । कमरुजमानले बिजुलीको बिल चेक गर्न आएको बताएपछि उक्त महिलाले उनलाई घरभित्र आउने अनुमति दिएकी थिइन् । घरभित्र पस्ने बित्तिकै उनले महिलामाथि आक्रमण गरे र स्टीलको तारले उनको घाँटी दबाउने कोसिस गरे । उनी बहोश भइन् । बेहोश भएपछि मरिसकेको ठानेर शारिरीक सम्बन्ध राख्ने कोसिस गरेपछि उनी चिच्याइन् । त्यसपछि आरोपी भागेका थिए । 

उनी २०१३ देखि नै महिलाको हत्यामा संलग्न रहेको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्