टी–२० विश्वकप छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा



काठमाडौं : सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। आईसीसी प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले मंगलबार प्रारम्भिक चरणमा २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

बन्द प्रशिक्षणमा पहिलो पटक नन्दनकुमार यादब परेका छन्। नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ। यसपटक टिममा अनिल शाह र दिलिप नाथले स्थान बनाउन सकेनन्। बन्द प्रशिक्षणपछि नेपाली टोलीको घोषणा हुनेछ। छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ। एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत छन्।

नेपालले पहिलो खेल २३ जुलाईमा कतारसंग खेल्नेछ। यस्तै नेपालले २४ जुलाईमा मलेसिया, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछ। छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ।

२५ सदस्यीय नेपाली टोली :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, बसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, जितेन्द्र कुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, नन्दनकुमार यादब, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहब आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी

प्रतिक्रिया दिनुहोस्