हुम्लामा गाउँपालिका उपाध्यक्षलगायत चढेकाे जिप कर्णाली नदीमा खस्याे !



हुम्ला : खार्पुनाथमा जिप दुर्घटना भएको खबर प्राप्त भएकाे छ। खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको जिप बेडुबिसौनामा सडकबाट खसेकाे हाे। 

जिप बाटोबाट सीधै तल कणार्ली नदीमा खसेकाे हाे। अहिले उद्धारका लागि टोली पुगेको छ। जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब १० जना यात्रु रहेको बताइएको छ।

सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकप्टर मार्फत घटनास्थल पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

कर्णाली नदीमा दुई तीन वटा झाेला र जिपकाे पांग्रा मात्र देखिएकाे र मानवीय क्षति कति भयाे त्यसकाे विवरण प्राप्त भइनसकेकाे खार्पुनाथा गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले द नेपालटपलाई जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्