युरोपेली फुटबल महासंघका पूर्वअध्यक्ष प्लाटिनी पक्राउ



काठमाडौं  : फ्रान्सका पुर्व स्टार खेलाडी एवं युरोपियन फुटबल महासंघ (युईएफए)का पुर्व अध्यक्ष माइकल प्लाटीनी पक्राउ परेका छन्।

कतारलाई सन् २०२२ को विश्वकप आयोजनाको जिम्मेवारी दिने क्रममा भ्रष्टाचार गरेको आरोप लागेका उनलाई छानबीनका लागि पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।

सन् २००७ देखि २०१५ सम्म युईएफएका अध्यक्ष रहेका प्लाटिणीले सन् २०१०मा कतारलाई विश्वकप आयोजना गर्ने पक्षमा मतदान गरेका थिए। उनले उक्त बिचमा कतार फुटबलका पदाधाकरीहरुसँग धेरै पटक स्विजरल्याण्डमा भेटेको आरोप लागेको छ।

६३ वर्षीय प्लाटिनीलाई फ्रान्स प्रहरीले पश्चिम पेरिसको नान्तिरबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्