पौडी खेल्ने क्रममा तीन जनाको डुबेर ज्यान गयो



तौलिहवा : कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ। उनीहरु सबै विजयनगरका रहेका प्रहरीले जनाएका छन्।

शिवराज नगरपालिका २ मंगलबार दिउँसो अन्दाजी १७ वर्षका आशीष भट्टराई, सोही ठाउँका १८ बर्से सुमित सुनार र त्यसै ठाउँका १७ बर्से निरन्जन भुसाल रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उनीहरु पौडी खेल्नका लागि मंगलबार दिउँसो रहमा गएका थिए।

दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुगेपनि उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। पौडी खेल्नका लागि चारजना गएपनि एकजना भने सकुशल रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्