भारतको लोकसभा सदस्यले नेपाली भाषामा लिए सपथ



काठमाडौं : भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् । लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अंग्रेजीमा सपथ लिएपनि आजसम्म नेपाली भाषामा कसैले पनि सपथ नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन आज  मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् ।  भारतको दार्जि्लिङबाट प्रकाशित हुने पत्रिका द दार्जि्लिङ क्रोनिकलले नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको उल्लेख गरेको छ ।

सपथको पहिलो दिन संस्कृत भाषामा मात्रै १७ जना सांसदहरुले सपथ लिएका थिए । अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन् ।

WELL DONE: History Created – Sikkim MP Takes Oath in Nepali

Sikkim MP @IndraHangSubba1 today created history, by becoming the first MP in India, since Independence to take his oath in NEPALI language.

We are very proud of you Sir.

Congratulations!! #JaiGorkha #JaiHind pic.twitter.com/i6fDmwHl9D

— The Darjeeling Chronicle (@TheDarjChron) June 18, 2019

प्रतिक्रिया दिनुहोस्