पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने, – ‘कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्यो’



काठमाडौं : प्रप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेल गरि प्रतिपक्षी दलले गरेको क्रियाकलापबारे जानकारी दिएका छन् । आज (मंलगबार) प्रतिनिधिसभा बैठका गुठी विधेयक र युरोप भ्रमणबारे जानकारी कार्यक्रम तय भएको थियो । तर, प्रमुख प्रतिपक्षी दलका सांसदहरुले पहिला आफू बोल्नु पर्ने भन्दै नाराबाजी गरेका थिए । 

रोष्टमा पुगेका प्रधानमन्त्री ओली कांग्रेस सांसदको अवरोधपछि केही नबोलि निस्केका थिए । यद्यपी कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको थियो । 

उता भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरि गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी थिइन् । 

प्रधानमन्त्री ओलीले भनेका छन्, 'प्रधानमन्त्रीले आवश्यक परेमा संसदलाई विभिन्न विषयमा जानकारी गराउने र विभिन्न निर्णयबारे जानकारी गराउने अभ्यास हुन्छ। प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा प्रधानमन्त्रीभन्दा अघि आफूले बोल्ने भन्ने कुरा कहीँ पनि हुँदैन ।' 

तर, आश्चार्य लाग्छ। पहिले तय भएको कुरा थियो यो। प्रधानमन्त्रीलाई बोल्न रोक्न संसदमा विषय केही पनि थिएन। कुनै विषयमा मतभेद पनि थिएन। लोकतान्त्रिक व्यवस्थामा मर्यादा हुन्छ। 

हरेक क्षेत्रमा निहुँ खोज्ने कांग्रेस

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई आश्चार्य लागेको बताए  । उनले भने, 'मलाई आश्चार्य लागेको छ। प्रधानमन्त्रीले उहाँहरुलाई संसदीय मर्यादा त्यति थाहा भएन। मैले बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर बोल्न खोजेको हैन। संसदमा असंसदीय गतिविधि भएको छ। देशव्यापी ध्यानाकर्षण भएको छ। लामो बलिदानपूर्ण संघर्षबाट लोकतन्त्र ल्याएका हौं । तर, आज गणतन्त्रविरुद्ध संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी स्पष्ट देखिएको छ। होल दक्षिणदेखि अति दक्षिणपन्थीदेखि अति प्रतिक्रियावादी एक जुट भएका छन्। त्यसको प्रतिविम्ब हो यो। जुनबीच एकता हुनुपर्ने हो त्यो नभएको मात्र होइन।'

'परिवर्तनकारी शक्तिलाई पाखा लगाउने कामले सात सालमा सविधान बनेन। प्रगतिशील शक्तिलाई देखिनसकाले सत्र सालमा पनि त्यस्तो भयो।  लोकतन्त्र शक्ति मिलेर तानाशाहीविरुद्ध लड्यौं।' उनले थप्दै भने,  हामी पछिल्लो समय एकजुट भएर लड्यौं। जनताले अन्यत्र अभिमत पनि दिन नपाउने जस्तो भएको छ। लोकतन्त्रमा आफूबाहेक अरु स्वीकार्न सकिरहेका छैनन्। अर्थात जुन प्रवृति देखापरेको छ त्यसले लोकतन्त्र अघि बढ्न सक्दैन।'

म सबैलाई भन्छु सबैको साझा दायित्व हो यो । अहिलेको सरकार देशको स्वाधीनताप्रति स्वाभिमानप्रति सजग छ। इतिहासले प्रमाणित गर्छ। यो राखिएको अडान हो। 

'अहिलेको सरकार लोकतान्त्रिक मूल्य मान्यताका लागि बलिदानपूर्ण संघर्ष गरेर आएको हो। संविधान लेखेर आएको हो परिवर्तन साकार पारेर आएको हो। सरकार कतैबाट फुत्त निस्केर पुगेको होइन। लामो संघर्षबाट आएको हो। लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध छ। लोकतान्त्रिक प्रतिबद्धताका लागि यो सरकार कटिबद्ध छ।' उनले भने, 'बहुआयामिक पक्षमा यो सरकाले ध्यान दिएको छ। देश बनाउन लागिपरेको छ। सामाजिक न्याय र समानतामा आधारित राष्ट्रिय एकता यो सरकार लागिपरेको छ।  यस पार्टीले शान्तिको काम गर्छ। आज केही तत्व आत्तिएका छन्।'

समृद्धिका काम यो सरकारले गर्छ। सुशासन र विकासमा आजको सरकारले काम गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस्