पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ



रूपन्देही : भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला रहेका छन्। प्रहरीका अनुसार उनी मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए।

तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खानतलासी गर्दा पेस्तोल भेटिएको थियो। उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन्। तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन्। थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्