झुण्डिएकाे अवस्थामा शव भेट्टिएपछि समता अस्पतालका २ कर्मचारी पक्राउ



काठमाडौं : समता अस्पतालमा २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएपछि २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि दुई जना कर्मचारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अस्पतालभित्र आज (मंगलबार) रामेछाप दोरम्बा घर भएकी विमलाको झुन्डिएको अवस्थामा शव फेला परेको थियो। अनुसन्धानमा खटिएका महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अधिकृतका अनुसार विमलाको गोजीमा एउटा कागजको टुक्रा भेटिएको र जसमा अस्पतालकै तीन जना कर्मचारीको नाम उल्लेख गरिएको छ।

अंग्रेजी भाषामा लेखिएको त्यो कागजको टुक्राको सत्यताबारे प्रमाणित गर्न प्रहरीले वैज्ञानिक परीक्षण गर्ने तयारी गरेको छ। आन्दोलनकारी उग्र भएपछि प्रहरीले अस्पताल सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीलाई सुरक्षित स्थानमा लगेको छ।

घटनाको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर दुवै टोलीले छानविन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्