कांग्रेसप्रति प्रधानमन्त्रीको कटाक्ष : ‘माइतीघर मण्डला त साँच्चै माइतीघर बनेछ’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चै माइतीघर भएको टिप्पणी गरेका छन्।

मंगलबार संसदमा सम्बोधन गर्न खोज्दा कांग्रेसले अवरोध गरेपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संसदमा पेस गरेको विभिन्न विधेयकका बारेमा संसदमा बसेर छलफल नगरी माइतीघरमा उत्रिने सस्कृति उचित नभएको बताए।

ओलीले कांग्रेसप्रति इङ्कित गर्दै भने,‘मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर गए झै जे पनि पनि माइतीघरमा गएर विरोध गर्ने।’ प्रधानमन्त्री ओलीले यदि कुनै कुरा चित्त नबुझे छलफलमा आउन कांग्रेसलाई आग्रह गरे।

‘विधेयकमा छलफल गर्न संसद छ। संसदमा छलफल गर्न सकिन्छ, सरोकारबालाको राय सुझाव लिन सकिन्छ, हामीलाई भन्न सक्छन’, ओलीले भने, ‘माइतीघर त साच्चैको माइतीघर भएछ। यताउता केही पर्याे कि घुर्रर कुदेर जाने। मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर।’ ओलीले सम्वादबाट समाधान खोज्न आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्