टी–२० विश्वकपमा न्युजिल्याण्ड र भारत भिड्दै



काठमाडौं । टी–२० विश्वकपमा आइतबार राति भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । समुह २ अन्तर्गत आफ्नो दोस्रो खेलमा दुई टीम एक अर्का विरुद्ध आमुन्ने सामुन्ने हुन लागेका हुन् ।
दुबै टीम आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएकाले सेमिफाइनल आस कायम राख्न मैदानमा उत्रने छन् । जित्ने टीमका लागि सेमिफाइनल आश कायम रहने छ । हार्ने टीमका लागि भने सेमिफाइनल संभावना स्वभाविक रुपमा कमजोर हुने छ । खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा साँझ ७ः४५ मा हुने छ ।
भारतले न्युजिल्यानड बिरुद्ध आईसीसी इभेन्टमा २००३ यता कुनै जित निकाल्न सकेको छैन । पछिल्लो एकदिवसीय विश्वकपमा सिमफाइनल (२०१९) तथा विश्व टेस्ट च्याम्पियनसिप फाइनल (२०२१) मा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो । टी–२० विश्वकपमा दुबै टीम दुई पटक एक अर्का विरुद्ध भिडेका छन् । दुबै पटक न्युजिल्यान्ड बाजि मार्न सफल भएको छ । समग्रमा यी दुई टीमले कुल १६ पटक एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दा ८ खेलमा न्युजिल्यान्ड बिजयी भएको छ भने ६ खेलमा भारत विजयी भएको छ । बाँकी एक खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्