सर्लाही गोलीकाण्ड: ज्यान गुमाएका महतो परिवारलाई दश लाख राहत



 

सर्लाहीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको झडपमा गोली लागेर ज्यान गुमाएका सर्लाही रामनगरको रामविलास महतोको परिवारलाई राहत स्वरुप दश लाख रुपैँया प्रदान गर्ने भएको छ । 

 

नेपाल सरकारको तर्फबाट मृतक महतोका परिवारलाई जिल्ला प्रहरी कार्यलय सर्लाही मार्फत १० लाख रुपैँया उपलब्ध गराइने भएको छ । जिल्ला प्रहरी कार्यलय सर्लाहीले आइतबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गरी गृह मन्त्रालयबाट  प्राप्त सो जानकारी सार्वजनिक गरेको हो । 

 

विज्ञप्तिमा कार्तिक १२ र १३ गते भएको घटनामा घाइते भएकाहरुको सहज दङगबाट निशुल्क रुपमा उपचारको व्यवस्था मिलाउन स्वास्थ मन्त्रालय मार्फत अस्पताललाई निर्देशन दिने जनाइएको छ । 

 

सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली काँग्रेस सर्लाहीले तत्कालको लागि आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेको छ । सरकारबाट काँग्रेसका कार्यकर्ता मृतक रामविलास महतोका परिवारलाई राहत स्वरूप दस लाख रुपैया दिने र घाइते सबैजनाको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय भएको सुचना प्राप्त भएपछि काँग्रेसले तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको सर्लाहीका पार्टी सभापति नागेन्द्र कुमार रायले जनाए ।

प्रतिक्रिया दिनुहोस्