जनकपुर उपमहानगरका मेयरद्धारा गाडी खरिदमा अनियमितता



जनकपुरधाम: जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहकोलागि खरिद गरिएको गाडीमा व्यापक कमिसनको  चलखेल भएको छ । मेयर साहले चढ्ने फोर्ड कम्पनीको गाडीमा मेयर साहले २० लाख बढी कमिसन लिएको स्रोतहरुले जनाएका छन् ।

 

मेयर साहले सो कम्पनीवाट १५ प्रतिशत कमिसन लिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कम्पनीले मेयर साह संग सिधै डिल गरेर सो कम्पनीका गाडी खरिद गर्न जिन्सी शाखालाई निर्देशन दिएका थिए । मेयर साहले यस बर्ष खरिद गरिएका ३ ट्याक्टर र गाडीमा १५ प्रतिशत कमिसन लिएका छन् । नगरपालिकाका एक कर्मचारीका अनुसार कमिसनकै कारण मेयर साह र उच्च पदस्थ कर्मचारी बीच अहिले मतभेद बढेको छ ।

 

मेयर साह र प्रमुख प्रशासकीय अधिकृत उमेश ढुङ्गाना, वरिष्ठ इन्जिनियर वीरेन्द्र यादव, कर प्रमुख प्रमेश झा, जिन्सी प्रमुख ललन कर्ण लगायतका बीचमा तिक्तता बढेको छ । गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष संलग्नतामा कमिसनको ‘डिल’ हुने गरेकोछ । कमिसनको कुरा नमिलेपछि प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरु समेत असन्तुष्ट देखिएका छन् ।

 

 मेयर साहले कमिसनको पूरा रकम आफै लिने गरेका कारण उनीहरु वीच मनमुटाव बढेको बताईन्छ । जनकपुरधाम उप–महानगरपालिकाले मेयर साह चढ्ने गाडी र तीन वटा ट्याक्टर उपमहानगरको आन्तरिक स्रोतबाट खरिद गरिएको छ ।

 

चालुु आर्थिक वर्षमा ६ सय बढी प्रतिशत कर बृद्धि गरिएको छ ।कर फिर्ता लिन काँग्रेस लगायतका दलहरुले दवाव दिएपनि करको पूनर्मुुल्यांकन गरिएको छैन् ।संघिय सरकार तथा प्रदेश सरकारले उपलब्ध गराउने बजेटबाट उपमहानगरपालिकाले सवारी साधन लगायतका ऐयाशीका साधनहरु खरिद गर्न पाईदैन् ।मेयर साहले झण्डै सवा करोड मुल्य पर्ने गाडी बृद्धि भएको कर रकमबाट खरिद गरेका हुन् ।

 

मेयर साहले बिलहरु स्वयंले हेर्ने गरेको र कमिसनको टुंगो लागेपछि आफ्ना आफ्न्त कर्मचारीहरु मार्फत भुक्तानीका लागि पठाईने गरिएको छ ।मेयर साहले भुक्तानीका लागि पठाउने बीलहरुको कमिसन रकम समेत लेख्ने गरेको स्रोतहरुले जनाए ।

 

तोकिएको मुल्य अनुसारको रकम भुक्तानी गरी छुट वापत र कमिसनको रकम स्वयंले लिएको बताईन्छ । उनले भुक्तानीको सहमति जनाउने बिलहरुको सोह्रै आना कमिसन स्वयंले लिने गरेको स्रोतले जनाए । अनावश्यक रुपमा वील भुक्तानीका लागि दवाव दिने गरेको समेत बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्