युद्धग्रस्त देशका महिलामाथि यौनहिंसा, बर्सेनि लाखौं महिला पीडित



काठमाडौं : आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । हरेक वर्ष जुन १९ तारिख ९असार ४ गते० द्वन्द्वमा यौनहिंसाको उन्मुलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । 

यौन हिंसामा पर्नेहरुका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्व समक्ष उनिहरुको आवाज सुनाउनलाई हरेक वर्ष संयुक्त राष्ट्रसंघले द्वन्द्वमा यौन हिंसाको उन्मुलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । 

विश्वले युद्ध देखेको छ, इतिहासका पानामा युद्धका खापाहरु लगभग हरेक देश अनि पृष्ठभुमिमा रहेको छ । कुनै अर्को जात, धर्म, देश या पहिचान भएको शाषक या सैनिकले कमजोर देशलाई निर्ममतापूर्वक हराँउदछन् । यसरी युद्धका क्रममा अनि पश्चात पनि युद्धग्रस्त देशका नागरिकमाथि यौनहिंसा हुने गर्दछ, यस्ता हिंसाबाट हजारौं लाखौं मान्छेहरु वर्षेनी पीडित हुने गर्दछन् र हुँदै आएका छन् । 

नेपालमै पनि त सशस्त्र द्वन्दका समयमा यस्ता धेरै घटना अनि दुव्र्यबहार भएको छ र त्यसको परिघटना र असरहरु आजसम्म पनि हामीले समाजमा देखिरहेका छौं । 

युद्धमा भएका यौनहिंसाबाट जन्मेका बालबालिकाको मुद्दा अनि समस्या पुस्तौंसम्म चल्ने गर्दछ, उता यसरी हिंसामा पर्ने महिलाका वेदनाहरु अनि तिनका ध्वनी र प्रतिध्वनीहरु शताव्दीयौसम्म चल्ने गर्दछन् । यसरी युद्धका समयमा भएको यौनहिंसा पश्चात असुरक्षित गर्भपतन अनि अन्य यौन तथा प्रजजन समस्याका कारणले हजारौंको अकालमै मृत्यु पनि त हुन्छ । 

यसरी द्वन्दका समयमा जन्मेका बच्चाहरुको शारिरिक स्वास्थ अनि मानसिक स्वास्थ दुबै सही नहुन सक्ने सम्भावना धेरै हुन्छ भने उनीहरुको पहिचान अनि कानुनी संरक्षण पनि नुहने हुन्छ । अप्रत्यक्ष रुपमा भएपनि यी बालबालिका पनि जन्मदै द्वन्दका शिकार भएर जन्मेका हुन, यी बालबालिकाहरुको देश या नागरिकता अनि अन्य पहिचानगत संवर्धन हुन नसक्दा अधिकांशहरु बेचबिखन, मानव तस्कर लगायत अन्य जोखिमयुक्त क्षेत्रमा लगिन्छन् जुन दर्दनाक अनि दुख्खलाग्दो कुरा हो । 

द्वन्दको पनि नियम हुन्छ जहाँ निशस्त्रलाई हमला नगर्ने, स्वास्थ केन्द्रमा हमला नगर्ने लगायत थुप्रै पर्दछन । तर, युद्धमा जति नियम अन्य कहि पनि मिचिने गरिदैन । युद्धग्रस्त क्षेत्रमा सैनिक या अन्य जत्था अनि राज्यहिनताको फाइदा उठाउने तत्वले बलात्कारलाई प्रसय दिने गर्दछन जुन अत्यन्तै गलत कुरा हो। निर्दोष असाहय अनि निहत्था उपर गरिने युद्धजन्य हरेक अपराधहरु बन्द गरिनु जरुरी छ भनेर आजको दिनले वकालत पनि गर्दछ ।

लीस्टाईन, सिरिया, ईराक लगायत सैँयौ अफ्रिकन देशहरु आज पनि बाहिरी या आन्तरिक द्वन्दको खतरामा छन्, द्वन्दमा यौनहिंसा रोक्न राज्यहरु सफल हुन अनि भएका हिंसाका परिघटना अनि असरहरु न्यूनतम गर्न सफल हुन जरुरी छ ।

युद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्वन्द र आफ्नो अस्तित्वका लागि युद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । उनीहरुकी आमा युद्ध पश्चात पनि आफ्नै समुदाय र परिवारबाटै पनि अपहेलित हुनपर्ने हुन्छ । यस वर्षको द्वन्द्वमा यौनहिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसमा युद्धका समयमा भएका यौनहिंसाका पीडितहरुका आवाज संयुक्त राष्ट्रसंघ अझ बुलन्द गर्न चाहन्छ । उनीहरुले भोगेका भेदभाव, लाज अनि समाजले दिएको ध्रुविकरणका विरुद्ध हामी सबै एक हुन जरुरी छ । 

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्