अब अवैध मोबाइल नचल्ने



काठमाडाैंः अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन ६ महिनापछि नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयात नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ।

योसँगै अवैधरूपमा आयात हुने मोबाइल फोन रोकिने भएको खबर आजको अन्नपूर्ण पोस्टमा रञ्जहरि कोइरालाले लेखेका छन्। प्राधिकरणले अवैधरूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ।

प्रतिक्रिया दिनुहोस्