जनकपुरमा खानेपानीको हाहाकार, उपमेयर भन्छिन्, ‘साँझबाट पानी वितरण हुन्छ’ 



जनकपुरधाम : पछिल्लो समय जनकपुरको विभिन्न वडामा खाने पानीको समस्याहरु बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने भएको छ । 

मंगलबार उपमहानगरपालिकाकी उप मेयर रीता झाको अध्यक्षतामा बसेको बैठकले जनकपुरको विभिन्न वडाको मुख्य चौकमा खाने पानी वितरण गर्ने निर्णय गरेको हो ।

जनकपुरको  ३ , १० र ११ नम्वर वडामा सबैभन्दा बढी खाने पानीको समस्या देखिएको उपमेयर रीता झाले द नेपालटपलाई बताइन् । 

अहिले जनकपुरको विभिन्न स्थानमा धारा र हाते कल (धारा) बाट पानी नआएपछि जनकपुर उपमहानगरपालिकाले पानी वितरण गर्न लागेको झाको भनाइ छ । 

‘हामीलाई थुप्रै गुनासाहरु आयो खानेपानीलाई लिएर ।’ उपमेयर झाले भनिन्, ‘जहाँ खाने पानीको लाइन अवरोध छ र हाथे कलबाट पानी आउन छोडेको छ त्यस स्थानलाई प्राथमितामा राखेर सम्बन्भित वडा अध्यक्षको अगुवाईमा पाइक पर्ने स्थानमा खाने पानी वितरण गरिने छ ।’

खाने पानी वितरण कहिलेबाट गर्ने प्रश्नको जवाफमा उपमेयर झा भन्छिन्, ‘कार्यालयको दमकल सर सफाई हुँदै छ औषधि उपलब्ध भए आजै साँझदेखी चौक–चौकमा पानी वितरण गरिने छ ।’

पहिलो चरणमा ३ वडालाई केन्द्रित गरी पानी वितरण गरिने छ । जनक चौक, जानकी चौक, शिव चौक, राम चौक, मुरली चौक, क्याम्पस चौक लगायतको स्थानमा ट्याकरद्वरा पानी वितरण हुने उपमेयर झाले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्