क्रिमको प्रयोग बिना अनुहारलाई यसरी सुन्दर बनाउनुहोस्



मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् । हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।

राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्

१) कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

२) अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्। अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।

३) महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ। महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

४) स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

५) केराः महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्