पाँचौ अन्तर्राष्ट्रिय योग दिवसः जानकी मन्दिरमा योगाभ्यास(फोटो फिचर)



जनकपुरधाम : पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आजदेखि जनकपुरको ऐतिहासिक जानकी मन्दिर प्रांगणमा योगाभ्यास सुरु भएको छ।

जनकपुरमा तीन दिवसीय कार्यक्रम आयोजना गरी आज प्रभातफेरीसमेत निकालिएको छ। योग शिविर आज बुधबारदेखि असार ६ गतेसम्म  हुनेछ। 

जानकी मन्दिरको परिसरमा आयोजना हुने उक्त योग शिविरमाको अन्तिम दिन ६ गते नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु, सांसद, योग गुरु, विभिन्न संघसंस्थाको सहभागी रहने प्रदेश २ सांसद कौशल यादवले द नेपालटपलाई यसअघि नै बताएका थिए। 

 

प्रतिक्रिया दिनुहोस्