अन्योलमा भ्यू टावर : ठेकेदार कम्पनीका अध्यक्ष भेटवाल सम्पर्कविहिन 



काठमाडौं : काठमाडौंको पुरानो बसपार्कमा निर्माणधिन भ्यू टावर अन्योलमा परेको छ । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई प्रालि आर्थिक संकटमा फसेका कारण भ्यूटावर निर्माण अन्योल परेको हो । 

स्वछन्द बिकोईले भ्यूटावर बनाउनका लागि विभिन्न उपकरणहरु भाडामा ल्याएको थियो । ल्याएका उपकरणहरूको भाडा रकम समेत तिर्न नसक्ने अवस्थामा ठेकेदार कम्पनी पुगेको छ ।

उता भाडा वापत पाउनु पर्ने रकम पनि नदिएको र आफ्ना सामानसमेत फिर्ता नगरेपछि उपकरणको साहु कम्पनीले सबै उपकरण लैजान सुरु गरेको छ । यसैगरी महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्कीले केहि दिन अघि भ्यूटावर निर्माण गर्ने जिम्मा पाएको कम्पनीले उपकरणको भाडा नतिरेको भन्दै उजुरी समेत प्राप्त भएको बताएका छन् । 

तर, ठेकेदार कम्पनीका अध्यक्ष मनोजकुमार भेटवाल भने सम्पर्क बिहिन भएका छन् । उपकरणको साहु कम्पनीले उपकरण लैजाने भएपछि अध्यक्ष भेटवाल सम्पर्क बिहिन भएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्