मोदीले फलो गरेपछि यी युवतीले दिइन् यस्तो जवाफ



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल ट्वीटरमा निकै सक्रिय छन् । हालैमात्र मोदीले एक महिलालाई ट्वीटमा फलो गरिरहेका छन् । जसको चर्चा सबैतिर भइरहेको छ । 

भाजपा युवा मोर्चाकी कार्यकर्ता प्रियंका शर्मालाई मोदीले ट्वीटरमा फलो गरेका छन् । 

प्रधानमन्त्रीको फलोबाट उत्साहित भएकी प्रियंकाले ट्वीटरमै खुसी व्यक्त गरेकी छिन् । प्रियंकाले मोदीलाई ट्याग गर्दै लेखेकी छन्, ‘यो मेरो लागि आश्चर्यको कुरा हो । मलाई फलो गरेकोमा धन्यवाद मोदीजी, यसबाट सम्मानित गौरवान्वित महसुस गरिरहेकी छु ।’

भाजपा कार्यकर्ता प्रियंका पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको एउटा कार्टुन फोटो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा तृणमुल कांग्रेसका कार्यकर्ताको उजुरीमा पक्राउ परेकी थिइन् । उनी हाल सर्वोच्च अदालतको आदेशमा जमानतमा रिहा भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्