विदेशीसङको श्रम सम्झौताले देशको शिर निउरीयो : जनार्दन शर्मा



काठमाडौं : नेकपाका सांसद जनार्दन शर्माले संसद्मा हुने छलफलको विधि परिवर्तन गर्नुपर्ने धारण राखेका छन् । प्रतिनिधि सभाको बुधवारको प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत बजेटको विनियोजन शीर्षकमाथि छलफल गर्ने क्रममा उनले  पछिल्लो समय संसद्मा समयको दुरुपयोग भएको बताउँदै समयको उपयोग हुनेगरि  सिस्टम बदल्न सुझाव दिए ।

योजना आएपछि संसदहरुसंग विस्तृत बजेटका विषयमा सांसदहरूसँग छलफल गरे  समयको बचत हुने बताए ।

उनले सरकारले विदेशीसङ गरेको श्रम सम्झौताले देशको शिर निउएको बताए । उनले युवाहरूलाई विदेश पठाउने भन्दा देशमै रोजगारीकालागि आकर्षित गर्नुपर्ने बताए ।छलफलमा भाग लिँदै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् ।

आफ्नो नेतृत्वमा लोडसेडिङ भएको स्मरण गर्दै उनले भने, ‘त्यो गरे वापत मैले सजाय पाएँ । मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’

झण्डै २ करोड बजेट रहेको तर, यसले नपुग्ने भन्दै उनले मिल्छ भने अर्को २ करोड थपिदिन आग्रह गरे ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा तिखो टिप्पणी गरे । ‘२ ४० लेखेको छ । करोड हो कि लाख हो ?’ उनले अघि भने, ‘२ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्