बालिका बलात्कारकाे अाराेपमा महाेत्तरीमा वृद्ध पक्राउ



महाेत्तरी : १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी मनरासिसवा नगरपालिका–६ सरपल्लोका ६५ वर्षीय खेभन साह छन् । शनिबार घरमा एक्लै रहेको मौका छोपी साहले बालिकाको घरमै आएर माथिल्लो तल्लामा बोलाएर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

 

बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा साहलाई आइतबार पक्राउ गरेको महोत्तरीका एसपी ईश्वर कार्कीले जानकारी दिए । साहमाथि म्याद थप गरी जबर्जस्ती करणी मुद्दा चलाइएको एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्