ओलीलाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दलका नेता तथा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको जानकारी दिएका छन् ।

तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि तिक्तापूर्ण सम्बन्ध रहँदै आएको छ। तर, अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि २ नेता आ–आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्तामा जुटेका हुन्।

भेटका क्रममा प्रचण्डले पुनः ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको भट्टराईको दाबी छ। प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव गरेको भट्टराईले जानकारी दिएका छन् । तर, अहिले एमालेको प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने रहेको भट्टराईको भनाई छ ।

तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था नरहेको भट्टराईको भनाइ छ। कांग्रेससँग गठबन्धन गरेर एमालेलाई एमसीसी पारित गर्न त्यति सजिलो नभएको बताउँदै भट्टराईले छलफल भइरेहकाले यसै भन्न नसकिने बताए। उनले कांग्रेससँगको बेलुकाको छलफलपछि के हुन्छ भन्ने निर्णय आउने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्