चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु



कैलाली : सेती अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुत्केरीपछि अत्यधिक रक्तश्राव भएकी महिलाले २ घण्टासम्म उपचार नपाएपछि ज्यान गुमाएकी हुन् ।

 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ झलारीकी २२ बर्षीया तुल्सी धामीको चिकित्सककै लापरवाहीले मृत्यु भएपछि चिकित्सकले गल्ती स्वीकार्दै माफी मागेका छन् । चिकित्सकले माफी मागेपछि आफन्तले शव बुझेका छन् । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर हेमराज पाण्डेले नवजात शिशुको स्वास्थ्यमा समस्या आएमा निशुल्क उपचार समेत गर्ने सहमती गरेपछि उनीहरुले शब बुझेका हुन् ।

 

नवजात शिशुको अवस्था भने सामान्य छ । १४ गते अस्पताल भर्ना भएकी धामीले १६ गते शल्यक्रिया गरेर शिशु जन्माएकी थिइन् । सल्याक्रियापछि उनलाई उच्च रक्तश्राप भएपनि डक्टरले ध्यान नदिदा आइसियुमा राख्नुपरेको र १७ गते उनको मृत्यु भएको श्रिमान दिपक धामीले बताए । शुरुमा डक्टरले सामान्य अवस्था छ भनेपनि अन्तमा शल्यक्रिया नै गर्नुपरेको समेत उनले बताए । शुरुमै श्रिमतीको अवस्थाबारे स्पस्ट जानकारी दिएको भए ज्यान जोगाउन सकिने उनको भनाई छ ।

 

१७ गते धामीको मृत्यु भएपछि आफन्तहरु डक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आक्रोसित बनेका थिए । शुरुमा आफन्तहरुले क्षतीपुर्तीको माग राख्दै आक्रोस देखाएपनि अन्तमा डक्टरहरुलाई गल्ती नदोहोर्‍याउन आग्रह गर्दै नवजात शिशुको निशुल्क उपचार गरि दिन आग्रह गरे । समयमा डक्टरले ध्यान नदिदा सुत्केरीको ज्यान गएपनि आगामी दिनमा सचेत रहन आग्रह गर्दै शब बुझेको मृतकका भिनाजु योगेन्द्र थापाले बताए ।

 

धामीको शल्यक्रिया गरेका डक्टर खगेन्द्र भट्टले सुत्केरीलाई अन्य रोगको समेत संक्रमण देखिएकाले ज्यान जोगाउन नसकेको दाबी गरे । कुनैपनि डक्टरले बिरामीलाई बचाउने चाहनाले नै उपचार गर्ने भएपनि कतिपय अवस्थामा परिणाम दुखद आउने गरेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्