images

न्युजिल्यान्ड शीर्षस्थानमा, अफ्रिका बाहिरिँदै

द नेपालटप | प्रकाशित: २०७६-३-५ गते
न्युजिल्यान्ड शीर्षस्थानमा, अफ्रिका बाहिरिँदै

काठमाडौं : इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसिय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ। जितका लागि २ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्यान्डले पूरै ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो। बिर्मिनघममा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४१ रन बनायो।

मैदान हिलो भएपछि केहि ढिला सुरु भएको खेल १ ओभर घटाएर ४९ मा झारिएको थियो। दक्षिण अफ्रिकाका लागि रस्सि भान डर दुसेनले सर्वाधिक ६७ रनको योगदान दिए। ६४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका दुसेन ६७ रनमा अविजित रहे।

ओपनर हसिम अमलाले अर्धशतकिय इनिङ खेले। २८ ओभरको चौथो बलमा आउट हुनसअघि अमलाले ८३ बलमा ४ चौकासहित ५५ रन बनाए। त्यस्तै युवा ब्याट्सम्यान एडेन मार्करामले ५५ बलमा ४ चौकासहित ३८, डेविड मिलरले ३७ बलमा २ चौका र १ छक्कासहित ३६ र कप्तान फाफ डु प्लेसिसले ३५ बलमा ४ चौंकासहित २३ रन जोडे। क्रिस मोरिसले ६ रनमा नटआउट रहे।

दक्षिण अफ्रिकाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई ब्यक्तिगत ५ रनमा गुमाएको थियो। डी ककलाई टेन्ट्र बोल्टले बोल्ड आउट गरे। न्युजिल्यान्डका लागि ल्योकी फ्ग्र्युसनले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए। त्यस्तै टेन्ट्र बोल्ट,कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले समान १–१ विकेट हात पारे।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले शतक प्रहार गरे। ४९ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै उनले १ सय ३७ बलमा आफ्नो वान डे करियरको १२ औं शतक पुरा गरेका थिए। न्युजिल्यान्डको जितमा नायक बनेको विलियम्सनले १ सय ३८ बलमा ९ चौका र १ छक्का सहित १ सय ६ रनमा अविजित रहे।

त्यस्तै आक्रमक ब्याटिङ गरेका अलराउण्डर कोलिन डी ग्राण्डहोमले ४७ बलमा ५ चौका र २ छक्का सहित ६० रनमा क्याच आउट भए। एक समय कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डका ग्राडहोम र विलियम्सनले छैटौं विकेटका लागि ९१ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए।

ओपनर कोलिन मुनरो ९ रनमै आउट भए। उनलाई तेस्रो ओभरको पहिलो बलमा कागिसो रबाडाले आफैं क्याच लिदै पेभिलिएन फर्काए। १५ ओभरको अन्तिम बलमा हिट विकेटका रुपमा अर्का ओपनर मार्टिन गुप्टिल ३५ रनमा आउट भए। उनले ५९ बलमा ५ चौका प्रहार गरे। क्रिस मोरिसले रोश टेलर र टम लेथमलाई समान १ रनमा क्विन्टन डी ककबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड संकटमा परेको थियो। जेम्श निशमले ३४ बलमा ३ चौका सहित २३ रन बटुले।

दक्षिण अफ्रिका लागि क्रिस मोरिसले ३ विकेट हात पारे। कागिसो रबाडा,लुन्गी निडी र एन्डिलो फहवकुलोको नाममा समान १ विकेट रह्यो।

यो खलको समाप्तिसँगै न्युजिल्यान्ड पुन खेलको शीर्ष स्थानमा उक्लिएको छ। उसले पाँच खेलमा ४ खेल जितेर एक खेलमा अंक बाँडेको छ यसरी उसको ९ अंक रहेको छ। उता अफ्रिकाको भने ६ खेलका जम्मा एक जित मात्र हात लागेको छ। ऊ घर जाने पक्कापक्की भइसकेको छ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

साफ उपविजेता महिला टोली विराटनगरमा नगदसहित सम्मानित

साफ उपविजेता महिला टोली विराटनगरमा नगदसहित सम्मानित

काठमाडौं : पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विराटनगर महानग..

क्रिकेटर शक्तिसहित १५ खेलाडी सम्मानित 

क्रिकेटर शक्तिसहित १५ खेलाडी सम्मानित 

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन गृहनगरमा सम्मानित भएका छन्। केही समयअघि क्र..

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन जाने

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन जाने

काठमाडौं : नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका दुई खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शार..

युभेन्टसविरुद्धको गोल करियरकै उत्कृष्ट : केन

युभेन्टसविरुद्धको गोल करियरकै उत्कृष्ट : केन

काठमाडौं : इङ्लिस क्लब टोटेनह्यामका स्ट्राइकर ह्यारी केनले आफूले युभेन्टसविरुद्ध करियरकै उत्कृष्ट गोल गरेको बत..

अवरुद्ध रंगशाला निर्माणको काम सुरु हुने

अवरुद्ध रंगशाला निर्माणको काम सुरु हुने

चितवन : चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माणकार्य मंगलबारबाट सुरु ग..

प्रिमियर लिग फुटबलमा भीएआर प्रविधि लागू हुने

प्रिमियर लिग फुटबलमा भीएआर प्रविधि लागू हुने

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा यस सिजनदेखि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागू हुने भएको छ।..