इलाममा पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण केन्द्र बन्दै



इलाम : इलामको पूर्वी क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिकाको करफोकमा फुटवल ट्रेनिङ सेन्टर स्थापना हुने भएको छ। ट्रेनिङ सेन्टर बनाउनको लागि बुधबार सूर्योदय नगरपालिका र अखिल नेपाल फुटवल संघ एन्फाबीच सम्झौता भएको हो। सम्झौता पत्रमा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन्।

करफोक विद्या मन्दिरको नाममा रहेको ७० रोपनी जग्गामा ट्रेनिङ सेन्टर स्थापना हुने सम्झौतामा उल्लेख छ । ट्रेनिङ सेन्टरमा खेलाडीहरुको चेन्जिङ रुप, रेफ्रि चेन्जिङ रुपम, मेडिकल रुम, प्रशासनिक कक्ष र मिटिङ हल, जिम सहितको भवन निर्माण हुने छ। त्यस्तै ७० रोपनी जग्गमा तीनवटा खेलमैदान निर्माण गरिने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।

टेनिङ्ग सेन्टर निर्माणको लागि एक करोड ३० लाख हाराहारी रकम खर्च हुनेछ साथै निर्माण शुरु भएको पाँच वर्षमा ट्रेनिङ सेन्टरको निर्माण पुरा हुनेछ। आउँदो हिउँदबाटै तालिम शुरु गर्नेगरि काम थालिने एन्फाले जनाएको छ। 

टेनिङ्ग सेन्टर निर्माणमा लाग्ने बजेटको आधा एन्फा र आधा नगरपालिका कार्यालयले विनियोजन गर्नुपर्नेछ।

पूर्वी पहाडी क्षेत्रमा पहिलो पटक स्थापना हुन लागेको फुटवल ट्रेनिङ सेन्टरले यस क्षेत्रको खेल विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। इलाममा बन्न लागेको ट्रेनिङ सेन्टरले यस जिल्लाका खेलाडीको विकासमा योगदान गर्ने सबैले विश्वास गरेका छन्।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले खेल क्षेत्रमा लगानी गरे सामाजिक विकास हुने बताए। अहिलेसम्म खेल क्षेत्रमा पर्याप्त लगानीनै नभएको र खेलकुदमा लगानी नगरी प्रतिफल खोजेर बस्नु हुँदैन भन्ने कुरामा उनले जोड दिएका छन्।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलामका खेलाडीको प्रतिभा विकासमा टेनिङ्ग सेन्टर प्रभावकारी हुने बताएका छन्। 

सूूर्योदय नगरपालिकाले खेल क्षेत्रको विकासको लागि एक वडा एक खेलमैदान बनाउने कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि एन्फाको दश लाख र नगरपालिकाको २५ लाख रुपैयाँको लगानीमा करफोक खेल मैदानको स्तारोन्नती गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत