रामजानकी विवाह महोत्सवकाे भव्य तयारी : सबै समितिले काम थाल्याे



जनकपुरधाम : प्रत्येक वर्षझैं यस वर्ष पनि सप्ताहव्यापी भगवान् रामसीताको विवाहमहोत्सव भव्य र सभ्य बनाउन जानकी मन्दिरका महन्थ व्यस्त छन् ।

विभिन्न समयमा छलफल र विमर्शपश्चान् रामजानकी विवाहपञ्चमी महोत्सवलाई सफल बनाउन स्थानीय सरकार, सरोकारवाला र प्रदेश सरकारसमेत लागिपरेको छ ।

छलफलले एक मूल समारोह समिति र २४ ओटा उपसमिति गठन गरिएको मन्दिरका छोटे महन्थ र महोत्सव मूलसमारोह समिति संयोजकसमेत रहेका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए । 

दासका अनुसार यस वर्ष भारत र नेपालबाट विभिन्न तहका विशिष्ट व्यक्तित्वहरु आउनेछन् । भारत सरकारका केद्रीय मन्त्रीहरु समेत आउने जानकारी गराए । महन्थ दासले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउनेबारे पनि आफूलाई जानकारी भएको द नेपालटपलाई जानकारी दिए ।

 

नेपाल तथा भारतका प्रधानमत्री सहभागी हुनेबारे आधिकारिक सूचना भने आइनसकेको उनले जानकारी दिए । उनले भने,  ‘भारतीय प्रधानमन्त्री मोदी आउनुभएन भने योगीजी र भारतका गृहमन्त्री राजनाथसिंहसम्म आउने सम्भावना छ ।’ 

 

विवाहपञ्चमीमा यस वर्ष विशेष प्रकारको धनुष निर्माण हुन लागेको उनले बताए । यस वर्षको विवाहपञ्चमी विगतका वर्षभन्दा भव्य र सम्झनलायक हुनेमा उनी विश्वस्त छन् । 

 

विवाहपञ्चमीका लागि रंगभूमि बाह्रबिघामा पण्डाल गेट निर्माणलगायत धमाधम भइरहेका छन् । 

 

विवाहपञ्चमीमा हुने कार्यक्रम  

मंसिर ८ गते : जनकपुरधाम नगर दर्शन

२२ गते : फूलबारी लीला

२३ गते : धनुषयज्ञ  

२४ गते : तिलकोत्सव

छोटेमहन्थका दासका अनुसार मंसिर २५ गते तिलकोत्सव हुनेछ । त्यस्तै उक्त दिन अपराह्न ४ बजे गंगासागरमा जाने र भव्य कार्यक्रम हुने उनले बताए । साथै उनले रामसीता स्वयंवर तथा विवाह २६ गते मिथिलाको विधिविधानपूर्वक हुने स्पस्ट पारे ।

 

साथै उक्त दिन साँझ ६ बजेदेखि जानकी मन्दिर प्रांगणमा भगवान् रामसीताको वैदिक सनातन मिथिला रीतिरिवाजमा भव्य रुपमा विवाह सम्पन्न हुने बताइएको छ । 

उससमितिहरुले आफूले पाएको जिम्मेवारी सुरु गरिसकेकेका छन् ।

प्रतिक्रिया दिनुहोस्