रेडियो नेपालमा ३९ जनाका लागि जागिर खुल्यो



काठमाडौँ : रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्नेछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो ।

दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्